‘तेस्रो न्याभ मल्टिकल्चरल सकर टुर्नामेन्ट’ सम्पन्न
नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गरेको ‘तेस्रो मल्टिकल्चरल सकर टुर्नामेन्ट उत्साहपूर्वक सहभागिताका साथ सम्पन्न भएको छ । १२ टिम सहभागि भएको प्रतियोगिताको फाइनल खेल शनिबार ब्रोडमिडोज स्टार्स स्पोर्ट्स क्लबमा भएको थियो।
प्रतियोगिताको पहिलो उपाधि रोयल वेस्टर्न क्लवले उचालेको छ। रोयल वेस्टर्नले दि हिमालय टाइगर्स एफसी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। टुर्नामेन्टको उपाधि जितेको रोयल वेस्टर्न क्लवले ट्रर्फि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर रोयल वेस्टर्नका रोहित कार्की घोषित भए। रोयल वेस्टर्नका रवि थिङ, दि हिमालय टाइगर्स एफसीका सिर्जन भण्डारी र सुदन फुटबल क्लबका अब्दुल्लाह हमादले समान चार–चार गोल गरेका थिए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी रोयल वेस्टर्न क्लबका अमिर श्रेष्ठ छानिएका थिए। प्रतियोगितामा थन्डर ड्र्यागन एफसी सबैभन्दा अनुशासित फुटबल टिम घोषित भएको थियो।
पुरस्कार वितरण कार्यक्रमलाई न्याभका सचिव माधव खरेलले गरेका थिए। उक्त कार्यक्रममा न्याभका अध्यक्ष प्रेमराज उप्रेती, पश्चिम महानगरपालिका तथा बहुसांस्कृतिक मामिलाका छाया संसदीय सचिव ट्रुङ लुउ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका उपाध्यक्ष बिवे थे, भिपि आर डब्लुसीका रोशन दाहाल र निर्मला शर्मा, अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)का अध्यक्ष गान्धी भट्टराई, ब्राइटन कलेजका एमडी अमरराज आचार्य, आरटिओ बसन्त पोखरेल, एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका मणि रतन सापकोटाको उपस्थिति रहेको थियो।
न्याभका खेल संयोजक दीप चन्दको संयोजनमा सम्पन्न न्याभ मल्टिकल्चरल सकर टुर्नामेन्टलाई ससेन्द्र केसी, दीपेन्द्र खड्का र बिरोध थेङले सहजीकरण गर्नुभएको थियो।
आयोजक संस्थाका तर्फबाट हामी यस टुर्नामेन्टलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोगी भूमिकामा खेल्नुहुने प्रायोजक, सह–प्रयोजक खेलाडी, दर्शक तथा अन्य सम्पूर्ण सहयोगलाई धन्यवाद व्यक्त गर्दछौं।