06/11/2021

दिपावली २०७८ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

navadmin

दिपावली २०७८ को उपलक्ष्यमा देश तथा बिदेश भरि छरिईएर रहनुभएका सम्पुर्ण नेपाली तथा गैर नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।तिहार हाम्रा चाडहरू मध्येको एक महत्त्वपूर्ण चाड हो। यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुकला दित्तीयसम्मका दिनसम्म मनाइन्छ। यी पाँच दिनमा काग-तिहार, कुकुर-तिहार, गाइ-तिहार, गोरु-तिहार, र भाइ-तिहार गरी जम्मा पाँच तिहार चिनिन्छ। नेपाल अधिराज्य भरका यो चाड धूमधामसँग मनाउँछन्। नेपाल बाहिर बस्ने नेपालीहरूले पनि यस चाडलाई उतिकै महत्त्व दिएर मनाउँछन्।तिहार नेपालीहरूको ज्यादै रमाइलो र महत्त्वपूर्ण चाड हो। यसलाई नेपालीहरू दसैँभन्दा पनि बढ़ी रमाइलोसँगै मनाउँछन्। तिहारले पर्देसिएका दाजुभाई र दिदीबैनीलाई नजिईक्याउने मात्र नभएर टाढिईएका सम्पुर्ण नेपालीहरूलाई नजिक्याउने पर्व हो । यस बेला नेपाली प्रकृति पनि ज्यादै रमणीय देखिन्छ। नीलो र स्वच्छ आकाश, खेतमा झुल्ने धान, घर-आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल आदि सबैले तिहारको सौन्दर्यलाई बढाएको देखिन्छ। देउसीभैलो खेलेर बडो मनोरञ्जनात्मक किसिमले सबैलाई हर्षित बनाउँछ । यस चाडले मानिसले प्रकृति र जीवजन्तुमा एकता, सद्भावना र समानताको भावना राख्नुपर्छ भन्ने संदेश पनि दिन्छ। भ्रातृत्वको भावनालाई फैलाउन त यस चाडको महत्त्वपूर्ण पक्ष हुँदै हो। यस चाडमा गरिने पूजा र हरेक क्रियाकलापले हामीलाई सन्मार्गमा लाग्ने प्रेरणा दिन्छन्। नेपाली समाजमा ज्यादै प्रिय बनेको र संस्कृतिक एकता कायम गर्ने सफल बनेको तिहार चाडको महत्त्वलाई हामीले अझै बढाउनुपर्छ। यस्ता चाडहरूलाई हामीले आपसी मेलमिलाप बढाउन गरी मनाउनुपर्छ र यस्ता चाडहरू मनाई हामीले आफ्नो जीवनलाई पनि अझ सुन्दर पार्दै जानुपर्छ। नेप्लीज एशोसियसन अफ भिक्टोरियाले गत बर्ष अन्लाईन मार्फत देऊसीभैलो खेलेर मनोरञ्जनात्मक तरिकाले रमाईलो गरिईएको थियो l बिविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको साथमा देऊसीभैलो खेलेर शुभकामना आदान प्रदान गरिईएको थियो । यो बर्ष त्यो पनि सम्भव भएन किनकी न्याभलाई यो बर्ष कोभिड्ले ग्रस्त हाम्रा सदस्यहरूको सहयोगलाई गौण ठानेर निरन्तरता दिन सकिएन । हामी अहिले राहत प्याकेज बितरणमा सार्है ब्यस्त छौ । न्याभले कोभिड कहरको महामारीले दुखमा परेकाहरूलाई सहयोग गर्नु बढि प्राथमिकतामा राख्नुले पनि दिपावली मनाउन सकिईएन । भलै सबैसबैमा स्वस्थ, दिर्घायु उत्तरोतर प्रगति तथा उन्नतिको शुभकामना ब्यक्त गर्दछौं । कृपया जहाँ हुनुहुन्छ खुशि, सुखि र स्वश्थ रहनुहोला साथै कोभिडको दायराभित्र रहि अनुशासित भएर दिपावली मनाउनुहोला ।Nepalese Association of Victoria (NAV)