२०औं न्याभ कप खेल्न चाहने टीमका लागि रजिस्ट्रेसन खुल्ला
नेपलीज एसोसिएसन अफ भिक्टोरियाले हरेक वर्षजसो आयोजना गर्दै आएको न्याभ कप क्रिकेट टुर्नामेन्टको लागि यस पटकको तयारी शुरु भइसकेको छ। न्याभ कप २०२४ यो टुर्नामेन्टको २०औं संस्करण हो। यस २० औं न्याभ कपको संयोजन संस्थाका सचिव उज्ज्वल अधिकारीले गर्नुहुने भएको छ।
न्याभ कपमा सहभागी हुन चाहने क्लब अथवा टिमले यस लिंकमा https://form.jotform.com/243259064872059 गई टिम दर्ता गराउन सक्नुहुनेछ ।
टुर्नामेन्ट संयोजक अधिकारीका अनुसार, २०औं न्याभ कपका लागि १६ टिम सम्मको स्थान राखिएको छ, अर्थात १६ वटासम्म टिम सहभागी हुन सक्नेछन् र रजिस्ट्रेसन डिसेम्बर १, २०२४ पछि बन्द हुनेछ। १६ वटा भन्दा बढि टिम आएमा, शुरुमा आउने टिमलाई मान्यता दिइनेछ। त्यसैगरी , टुर्नामेन्टलाई अझ व्यवस्थित र सफल बनाउनका लागि न्याभले भिक्टोरियन नेपलीज क्रिकेट एसोसिएसनलाई टुर्नामेन्ट व्यवस्थापन पार्टनरको रुपमा बोर्डमा ल्याई सहकार्य गरेको छ।
संस्थाका अध्यक्ष डा. यकिन्द्र तिमिल्सेनाले न्याभ कप २०२४ लाई भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो भूमिका या ठाउँबाट सहभागी हुनका लागि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नुभएको छ। उहाँले यस टुर्नामेन्टले न्याभ कपको इतिहासमा नयाँ इँटा थप्दै समुदायमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।