16th NAV Cup Grand Finale.
न्याभ कपको फाइनलमा पुगे एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोज
अष्ट्रेलियामा जारी न्याभ कपका सेमी-फाइनल खेलहरु गत आइतबार सम्पन्न भएका छन्। जसमा विजयी बन्दै एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोजले फाइनल प्रतिस्पर्धाको लागि यात्रा तय गरेका छन्। सेमी-फाइनलका विजेता टिम एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोज अब उपाधिको लागि भिड्नेछन्। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु भएको हो। प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। १६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब प्रतियोगीको रुपमा सहभागी रहेका छन्।
