पत्रकार सम्मेलन: १७औं न्याभ क्रिकेट टुर्नामेन्ट
न्याभले हरेक वार्षिकोत्सवको अवसरमा क्रिकेट टुर्नामेन्ट गर्दै आइरहेको छ। जसअनुसार, आगामी जनवरी ९ देखि १७औं न्याभ क्रिकेट टुर्नामेन्ट सुरु हुँदैछ। यसपाली हामीले न्याभको रजत जयन्ती मनाउंदैछौं। यसअर्थमा पनि यसपटकको टुर्नामेन्ट अझ विशेष बन्नेछ। यसपटक हामीले टुर्नामेन्टबाट एएनएमसीलाई सहयोग गर्ने प्रतिबद्धता समेत गरिसकेका छौं। जनवरी २ मा आयोजित पत्रकार सम्मेलन मार्फत हामीले टुर्नामेन्टको विस्तृत जानकारी सार्वजनिक गरेका छौं।
विगत केही वर्षदेखि टुर्नामेन्टमा सहयात्रा गरिरहेको ग्रेस इन्टरनेशनलले नै १७औं न्याभ टुर्नामेन्टमा पनि मूख्य प्रायोजन गरेको छ। टुर्नामेन्ट आगामी जनवरी ९ देखि C H Sullivan Memorial Park, Reservoir मा संचालन हुनेछ। यसपालीको टुर्नामेन्टमा १० टिम सहभागी हुनेभएका छन् । ती १० टिमलाई ड्र मार्फत यसरी दुई समूहमा विभाजन गरिएको छ :
समूह ‘ए’
फारवेस्ट हनटर्स क्रिकेट क्लब
ग्लोबल इन्टरफेस क्रिकेट क्लब
माभेन क्रिकेट क्लब
नर्रे किंग्स क्रिकेट क्लब र
हिमालयन क्रिकेट क्लब
समूह ‘बी’
एक्स्पर्ट सगरमाथा क्रिकेट क्लब
गुल्मी टाइगर्स क्रिकेट क्लब
रोयल राइनोज क्रिकेट क्लब
गोर्खाली एभरेस्ट लायन क्रिकेट क्लब
टिमका सम्पूर्ण क्याप्टेनहरु पत्रकार सम्मेलनमा सहभागी हुनुभएको थियो। हङ्ग्री आई एशियन फ्युजन एण्ड बारमा आयोजित उक्त पत्रकार सम्मेलनमा न्याभ टुर्नामेन्टको प्रायोजक संस्था ग्रेस इन्टरनेशनल मेलबर्नका डाइरेक्टर राम चन्द्र पौडेल, न्याभका अध्यक्ष राम गुरुङ, एएनएमसीका सचिव नारायण काफ्ले, एएनएमसी सदस्य अनन्त पौडेल अतिथि रहनुभएको थियो भने न्याभका उपाध्यक्ष तथा न्याभ टुर्नामेन्टका संयोजक प्रेम राज उप्रेतीले सभापतिको आशन ग्रहण गर्नुभएको थियो। कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष यकिन्द्र तिमिल्सिना गर्नुभएको थियो।
तस्बिरहरु: