19/06/2022

भिक्टोरियाको पहिलो नेपाली सामाजिक संस्था ‘न्याभ’को इतिहास सम्बन्धि डकुमेन्ट्री

navadmin

अष्ट्रेलियामा अहिले नेपालीहरुको संख्या उल्लेख्य रहेको छ। अष्ट्रेलियामा बसाईसराई गरी आउनेहरुको सूचीमा नेपालीको नाम अग्रपंक्तिमा आउँछ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले अष्ट्रेलियामा नेपालीहरुको प्रवेश र आफ्नो इतिहास सम्बन्धि डकुमेन्ट्री निर्माण गरेको छ। न्याभले आफ्नो रजत जयन्तिको अवसरमा उक्त डकुमेन्ट्री निर्माण गरेको थियो। डकुमेन्ट्रीको लेखन तथा निर्देशन सुशील चालिसेले गर्नुभएको हो।

भिक्टोरियामा नेपालीहरुको पूरानो यो संस्थाले नेपाली समुदायको इतिहास बोकेको छ। त्यसो त, न्याभको अवधारणा सुरुमा नै आएको भने होइन। सुरुमा नेपाली समुदायका केही अगुवाहरु मिलेर संगठन निर्माण गरिएको थियो, जसको नाम थियो ‘नेपलीज/गुर्खा कम्युनिटी’।

सन् १९९४ को जुन १९ मा एक भेलाको आयोजना गरिएको थियो। उक्त भेलाले भिक्टोरियामा बस्ने नेपाली मूलका सबै व्यक्तिहरुलाई समेट्ने गरी संस्था खोल्ने बारेमा निर्णय गर्यो। जसमा पहिले नामाकारण गरिएको नेपलीज/गुर्खा कम्युनिटीलाई परिमार्जन गरी नेपलीज एसोसिएसन अफ भिक्टोरिया नामाकरण गरियो।

पहिलो बैठकको माइन्युटमा न्याभको उद्देश्यको बारेमा भनिएको छ,” यस संगठनको मूख्य उद्देश्य भिक्टोरियामा बसोवास गरिरहेका र पछि आउने सबै नेपालीहरुको हितको निम्ति आवश्यक पर्ने कुनै पनि दायित्वलाई पूरा गर्ने हुनेछ। नेपालीहरुलाई संगठित गर्ने र संगठनमा रहेका कुनै पनि सदस्यलाई परि आउने समस्यालाई समाधान गर्ने यसको मूख्य दायित्व रहनेछ “।

उक्त बैठकले संस्थाको खाका र सदस्यताका लागि नियम पनि तोकेको थियो। जसमा संस्थामा अष्ट्रेलियाको नागरिकता लिएका तथा पीआर लिएका र पीआर नलिएका गरी दुई किसिमका सदस्यहरु छुट्टाइएको थियो। साथै सदस्यता लिनका लागि अन्य संस्थाको सदस्यता नलिएको हुनुपर्ने, कम्तिमा तीन महिना भिक्टोरियामा बसोवास गरेको हुनुपर्ने नियम तोकिएको थियो।

उक्त बैठकले संस्थाको नीति निर्माणका लागि तदर्थ समिति गठन गरेको थियो। उक्त समितिमा नगेन्द्र शाह, नेत्र खड्का, चक्र बहादुर तामाङ्ग, प्रदीप प्रधान चन्द्र योञ्जन र कानूनी सल्लाहकारको रुपमा सुरेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको थियो। उक्त सल्लाहकार समितिले नीतिको खाका पेश गरिसकेपछि संस्थाका लागि अन्य कदम चाल्ने सहमतिका साथ बैठक टुङ्गिएको.  पछि आवश्यक काम गर्न निम्न प्रमुख समिति सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेले

चन्द्र बहादुर तामाङ्ग,भरनशेर राई, प्रदीप कुमार प्रधान,परशुराम तामाङ्ग टिम नारायण तिवारी,मिलन श्रेष्ठ,रजनी श्रेष्ठ,निर्मला शाह,प्रबिक बस्न्यात दीपक अर्याल आनन्द थापा,मदन ढुंगेल,प्रमिता ढुंगेल,शेष घले,श्रीजन ज्ञवाली,दीपिका शेरचन,नीता पोखरेल,विजय बहादुर गुरुङ,रन्जन कोइराला डा नगेन्द्र शाह,समित श्रेष्ठ,अशोक खतिवडा,नेत्र खड्का,राज अमात्य,जुम बहादुर गुरुङ,मंगल लामा,धन बहादुर तामाङ्ग,ए बस्नेत,लोकदर्शन लामा चन्द्र योञ्जन,राजन शर्मा,प्रदीप लम्साल,भुपाल केसी, डा राजु अधिकारी, सन्तोष अर्याल.

पछि संस्था औपचारिक रूपमा अस्ट्रेलियन इन्कोर्पोरेशन ऐन १९८८ अन्तर्गत दर्ता भएको थियो र डा अधिकारीको नेतृत्वमा पहिलो कार्यकारी टोली औपचारिक रूपमा अप्रिल २७, १९९७ मा गठन भएको थियो।