30/07/2016
Census 2016: Let’s all of us play our part on 9 August 2016

30 July 2016
Nepalese Association of Victoria met with Australian Bureau of Statistics Officials on 22 July 2016 and has been working closely with the government and other agencies in increasing awareness about the forthcoming census.
ABS officials advised that:
1. It is a law to keep the information confidential. To our question whether such information is shared with other departments e.g. Department of Immigration, the response was no raw data will be shared with any other government departments.
2. This year it is expected that more people will use the online form, where as paper forms are still available.
3. If a household has more than one family units (e.g. people not a family), they can contact ABS on 1300 214 531 to request more forms or codes.
4. There are more questions this time to cover ancestry and language.
More information available at: https://stream10.census.abs.gov.au/eCensusWeb/welcome.jsp#top2
——————————————————–अष्ट्रेलियाको नेपाली समुदायमा अपील—————————————
९ अगस्त २०१६ मा अष्ट्रेलियामा हुन गैरहेको जनगणनामा सहभागी हुन Nepalese Association of Victoria आफ्नो समुदायलाई अपील गर्दछ ।
पछील्लो जनगणनामा नेपाली समुदायको सहभागीतामा केही कमी कमजोरी रही हाम्रो सही तथ्यांकमा कमी भएको हो भने यो पटक त्यसमा सुधार गरिनु जरूरी छ । यस संधर्भमा अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाले हातेमालो गर्दै जनगणनामा नेपाली समुदायको सहभागीता सतप्रतिशत गर्न कोशीश गर्नु आवश्यक छ ।
सरकारी तवरबाट हुने बिभिन्न सामुदायिक कार्यक्रम र ती कार्यक्रममा गरिने फन्डिङको एक प्रमुख आधार जनसंख्या हो । हाम्रो वास्तबिक संख्या जनगणनामा देखिनु हाम्रो समुदायको लागि बिभिन्न कारण ले जरूरी छ –
जस्तै –
१ कम्युनिटी सेन्टरको लागि सरकारी अनुदान सहायताको लागि
२ नेपाली भाषाको सरकारी मान्यातालाई अर्को स्तरमा लग्नको लागि
३ अष्ट्रेलियन सरकारलाई नेपाली समुदायलाई अझै गम्भिरताका साथ लिन प्रेरित गर्नको लागि
४ नेपाल स्थित अष्ट्रेलियन नियोग बाट नै भिसा दिने नेपाली समुदाय को अनुरोधमा बल दिन को लागि आदि ।
आउनुहोस ९ अगस्त २०१६ मा अष्ट्रेलियामा हुन गैरहेको जनगणनालाई आफ्नो तर्फबाट सफल पारौ ।