28/10/2020

Food Safety & Nutritional Wellbeing

navadmin

नेपलिज एसोसीयसन अफ भिक्टोरिया (न्याभ) ले खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै स्वच्छ र सुरक्षित खाना शरीर स्वस्थ राख्नको लागि नभई नहुने कुरा हो । सुरक्षित खाना र स्वस्थ आहार बिहारले औषधी समान काम गर्छ । यसले शरीरलाई आबश्यक शक्ति प्रदान गर्नुका साथै शरीरलाई रोग लाग्न बाट पनि बचाउछ । विभिन्न खानेकुरामा पाइने लाभदायक तत्वहरूले विभिन्न रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्दछन । तर अस्वस्थकर र असुरक्षित खानाले हामीलाई बिरामी बनाउने र मृत्युको मुखमा धकेल्ने काम पनि गर्दछ । हाल विश्वमा करिब ४ लाख मानिस हरू यस्तै दूषित तथा अवस्थकर खानाको सेवनबाट मृत्यु हुने गरेको छ जसमा एक तिहाई त ५ वर्ष मुनिको बालबालिका हुने गरेका छन ।

हाल कोरोना भाइरस जस्तो विश्वब्यापी महामारी चलिरहेको अवस्थामा स्वच्छ, सुरक्षित र पोषणयुक्त खानाको महत्व अझै बढ़ेको छ । यसबेला खानामा के कस्ता चिज बस्तु सामाबेश गर्ने र स्थानीय स्तरमा नै उपलब्ध हुने पदार्थ बाट स्वच्छ, सुरक्षित र पोषणयुक्त खानेकुरा कसरी तयार पार्ने भन्ने सम्बंधमा यस बिषयका बिज्ञहरुबाट जानकारी उपलब्ध गराउने र स्वच्छ, सुरक्षित र पोषणयुक्त जनचेतना मूलक कार्यक्रमद्वारा जनस्वास्थ्यमा थोरै भए पनि सुधार ल्याउने उद्देश्यले अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरूको सबैभन्दा पुरानो संस्था Nepalese Association of Victoria (NAV) ले यही अक्टूबर ३१ गते (२०७७ साल कार्तिक १५) शनिबारका दिन मेलबर्नको समय अनुसार दिउसो ४ बजे (नेपाली समय बिहानको १०:४५ बजे) देखि करिब ९० मिनेटको कार्यक्रम आयोजना गर्दैछ ।

सो कार्यक्रममा सहभागी हुनको लागि Zoom लिंक प्रयोग गर्नु होला ।

Meeting ID: 879 0417 4331

Passcode: 545010

सो कार्यक्रममा खाद्य बैज्ञानिकहरू Dr Yakindra Timilsena, Dr Philip Button र Shruti Sharma ले बिषयबस्तुबारे जानकारी दिनु हुनेछ भने तपाईका जिज्ञासा र प्रश्नहरूको पनि उत्तर दिनु हुनेछ ।