न्याभको नयाँ कार्यसमिति निर्विरोध चयन
नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को नयाँ कार्यसमिति चयन भएको छ। पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार, गत शनिबार आगामी दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम रहेको थियो। जसमा सम्पूर्ण पदका उम्मेद्वार निर्विरोध चयन हुनुभएको हो।
न्याभको नयाँ कार्यसमिति निर्वाचन २०२२ का प्रमुख निर्वाचन आयुक्त भोला गिरिले निर्वाचन नतिजा सार्वजनिक गर्दै निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचन सफल गराउन सहयोग गर्नुहुने संस्थाका पदाधिकारी, मतदाता, उम्मेद्वार, सल्लाहकार, स्वयंसेवक लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको छ।
आगामी दुई वर्षका लागि न्याभको अध्यक्षमा प्रेम राज उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ संस्थाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद चालिसे र ललिसा थापा (महिला तर्फ), कोषाध्यक्षमा एकिन्द्र तिमिल्सेना चयन हुनुभएको छ। सदस्यहरुमा उज्जवल अधिकारी, निराजन रेग्मी रहने हुनुभएको छ।
२५औं वर्ष पूरा गरेको न्याभको अध्यक्ष पदमा निर्वाचित हुनुभएका प्रेम राज उप्रेती संस्थाको १०औं अध्यक्ष हुनुहुन्छ।